Breaking News

काँग्रेस सांसद शाह सवार गाडी नवलपरासीको दुम्कीबासमा दुर्घटना

Banner

नवलपरासी,जेठ ७-

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी-१ दुम्कीबासमा दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैगाडी बा १५ च ७५२३ नम्बरको कार बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो ।

कारमा सवार शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं जादै थिए । अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>