Breaking News

राष्ट्रपतिद्धारा धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न आह्वान, २१ घण्टा समय सीमा

Banner

काठमाडौँ, जेठ ६–

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत लिन नचाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउँदै पत्र पठाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

जसअनुसार नयाँ प्रधानमन्त्री बन्न भोलि (जेठ ७ गते) साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>