Breaking News
चितवन मेडिकल कलेजमा थप ७ कोरोना संक्रमितको मृत्यु, १७८ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
०

चितवन, जेठ ६-
चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
कलेजले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार ५ पुरुष र २ महिला गरी सात जनाको मृत्यु भएको छ । त्यसैगरी अस्पतालमा थप २ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । योसँगै अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या ३८६ जना पुगेको छ ।
कलेजले दिएको जानकारी अनुसार अस्पतालको आईसीयूमा ९८ पुरुष र ४२ महिला गरी १४० जनाको उपचार भइरहेको छ । त्यस्तै भेन्टिलेटरमा २८ पुरुष र १० महिला गरी ३८ जना रहेका छन् । विगत २४ घण्टामा १७ पुरुष र ५ महिला गरी २२ जना डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























