Breaking News

आज २ बजे बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक

Banner

काठमाडौं, जेठ ६ –

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेका हुन् । बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।

राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ-आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्। नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। वागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ।

देवकोटलाई कांग्रेस(माओवादीको समर्थन छ। बादल एमाले उमेदवार हुन भने देवकोटा स्वतन्त्र हुन्। बादलको जित(हारले एमाले एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन्।

 

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>