Breaking News

नवलपरासीको दाउन्‍ने दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

Banner

नवलपरासी,जेठ ५ –

पश्चिम नवलरासीको दाउन्नेमा बुधबार सवारी दुर्घटनामा परेर मृत्यु भएका चारै जनाको सनाखत भएको छ । काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भीरबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाका अनुसार मृत्यु हुनेहरुमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाकी २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिकाका धनराज घर्ती, बाझिकोट गाउँपालिका ५ की देवी केसी र मुसिकोट नगरपालिकाका १ का २१ वर्षीय गोपाल ओली रहेका छन् ।

दुर्घटनामा ४२ जना घाईते भएका छन् । घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भएको छ भने ७ जनाको बुटवलमा उपचारका भइरहेको प्रहरीले जनाएको छ । निषेधाज्ञाको समयमा करिब ५० जना यात्रु बोकेर बस कसरी नवलपरासीसम्म आइपुग्यो भन्ने खोजबिन भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>