Breaking News

चितवन मेडिकल कलेजमा आज थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२ पुग्यो

Banner

चितवन, जेठ ५-

चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृत्यु हुने संक्रमितमा तीन महिला र तीन पुरुष रहेका छन् । अस्पतालको आईसीयूमा १३८ जना भेन्टिलेटरमा ३७ जनाले उपचार गराइरहेका छन् । अस्पतालले दिएको जानकारी अनुसार आज थप दुई महिला स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

त्यसैगरी अस्पतालबाट १४ जना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । अस्पतालमा विगत २४ घण्टामा १६ जना नयाँ बिरामी भर्ना भएका छन् भने ४ पुरुष र २ महिला विशेष निगरानीसहित आइसोलेसनमा रहेका छन् । अहिलेसम्म चितवन मेडिकल कलेजभित्र कोरोना संक्रमणको कारण १३२ जनाको निधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>