मकवानपुर

हेटौँडा अस्पताललाई शिवम् सिमेन्टको स्वास्थ्य सामग्री सहयोग

Banner

हेटौँडा, जेठ ५–

नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहितविभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस COVID – 19 को दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भईरहेको परिस्थिलिलाई मध्यनजर गर्दै कम्पनीले उद्योग स्थलस्थित हेटौंडा उपमहानगरपालिको हटियामा रहेको हटौंडा अस्पताललाई १२० थान भरिएको तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजनसहित ३० थान मेडिकल बेड, ५ थान CCU Bed तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीउक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>