Breaking News

बिहानै ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङमा घर भत्कदा ८५ वर्षीया वृद्धा घाइते

Banner

लमजुङ,जेठ ५-

लमजुङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ। लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का चितवन,गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।

 लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भत्किएर एक जना वृद्धा घाइते भएको जानकारी आएको छ। भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी हुन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको छ । सबै विवरण आइसकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>