Breaking News
चितवन मेडिकल कलेजमा आज चार कोरोना संक्रमितको मृत्यु, संक्रमित स्वास्थ्यकर्मी ३५७ पुग्यो
०

चितवन, जेठ ४-
चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन् । अस्पतालमा अहिले आईसीयूमा १४२ जना भेन्टिलेटरमा ३५ जना बिरामीको उपचार भइरहेको छ ।
अस्पतालले जनाएअनुसार विगत २४ घण्टामा २ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । योसँगै अस्पतालमा आजसम्म कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५७ पुगेको छ । विगत २४ घण्टामा १३ जना बिरामी कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























