चितवन विशेष

अस्ट्रेलियाबाट फर्किएकी फेसन डिजाइनर मेनुकाले भरतपुरमा सुरु गरिन् अनलाइन बुटिक व्यवसाय

Banner

चितवन, जेठ ३-

परिवारसहित अष्ट्रेलियाको सिड्नीमा तीन वर्ष बसेर नेपाल फर्किएकी मेनुका पराजुलीले भरतपुरमा अनलाइन बुटिक व्यवसाय सुरु गरेकी छन् ।

भरतपुरको हाकिमचोकमा पसलको उद्घाटन तयारीमा रहेकी मेनुका अहिले अर्किड कलेज नजिकै रहेको घरबाट अनलाइनमा नै बुटिक व्यवसाय सञ्चालन गरेकी हुन् । देशमा नै केही गनुपर्छ भन्ने सोचले सबै परिवार चितवन फर्किएर आफ्नै व्यवसायमा लागेको उनले नारायणी अनलाइनलाई बताइन् ।

फेसन डिजाइनरसमेत रहेकी मेनुकाले टिकटक र इन्स्टाग्राम मार्फत् बुटिक सामग्रीहरुको प्रचारप्रसार गरिरहेकी छन् । उनले भनिन्, ‘दुई जना कर्मचारी राखेर लकडाउनको अवस्थामा अनलाइनबाट विश्वभर व्यापार गर्ने गरी बुटिक व्यवसाय सुरु गरेको छु । अब लकडाउनपछि हाकिमचोकमा पसलको औपचारिक सुरुवात गरेर लगानी बढाएर थप कर्मचारी राख्दै जानेछु ।’

उनले भरतपुरमा नै बसेर अनलाइनमा विश्वभर लेहेङ्गा, पार्टीमा लगाइने ड्रेसहरु, सारी, टप्स, वान पिस, जन्मदिन, पाश्नी, विवाहलगायतका उत्सवहरुमा लगाइने विशेष खालका ड्रेसहरुको व्यापार गरेकी छन् । उनले भनिन्, ‘प्रारम्भिक व्यापारबाट निकै उत्साहित छु । यसबाट नेपाली संस्कृति र परम्पराको विश्वभर प्रचारप्रसार पनि भइरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>