Breaking News

चितवनका सामाजिक अभियान्ताद्धारा निशुल्क खानाको व्यवस्था, यी नम्बरमा फोन गर्न सकिने

Banner

चितवन, जेठ ३ –

चितवनका सामाजिक अभियान्ताहरुले निशुल्क खाना व्यवस्था गरेका छन् । भरतपुरका युवाहरुसहित विभिन्न संघसंस्थाका व्यक्तिहरु मिलेर निशुल्क खानाको व्यवस्था गरेका हुन ।

भरतपुरमा रहेका ७ संघसंस्थाहरु सन्देश फाउन्डेसन, न्यु वे फाउन्डेसन, रिकभरिंग नेपाल बागमती प्रदेश, द युनाइटेड चितवन, युवा समाज भरतपुर, विश्व हिन्दु युवा संघ चितवन, तपुर बजार व्यवस्थापन समिति लगायतका संस्थाहरु मिलेर निशुल्क खाना अभियान संचालन गरेका हुन ।

१५ दिनदेखी संस्थाले भरतपुरमा मजदुर काम गरेर बस्ने, बिहान बेलुका छाक टार्न समस्या रहेका, निषेधाज्ञाको कारण भोकभोकै बस्न परेकाहरुलाई निशुल्क खाना व्यवस्था गर्दै आएको छ । भरतपुरको केन्द्रिय बसपार्कमा उनीहरुले खाना बनाई विभिन्न ठाँउहरुमा भोकभोकै बस्न बाध्य भएकाहरुलाई सुचना भए अनुसार जहाँ छ त्यही पु¥याउने व्यवस्था गरेको सन्देश फाउन्डेसन अध्यक्ष दिवाकरराज श्रेष्ठले जानकारी दिए ।

निषेधाज्ञाको समयमा भोकभोकै बस्न बाध्य भएकाहरुले फोन नम्बर ९८५५०५१०५५, ९८६३५५५४०५ मा सम्पर्क गर्न सकिने श्रेष्ठले बताए । निशुल्क खाना सेवा अभियान चितवनमा निषेधाज्ञा जारी भैरहुञ्जेल गरिने उनले बताए । संस्थाले भरतपुरमा मात्रै नभएर चितवनका अरु क्षेत्रमा उक्त सेवा गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>