Breaking News
आज चितवनमा १४ कोरोना संक्रमितको मृत्यु, अस्पताल भर्ना भएका बिरामीको संख्या ५०० नाघ्यो
०

चितवन, जेठ २-
चितवनका विभिन्न अस्पतालहरुमा आज एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ६ जना, पुरानो मेडिकल कलेजमा ५ जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना र राप्ती नगरपालिकामा १ जनाको निधन भएको हो ।
त्यसैगरी चितवनका अस्पतालहरुमा भर्ना भएर उपचाररत बिरामीको संख्या ५०२ जना पुगेको छ । जसमध्ये २५१ जना आईसीयूमा, ५० जना भेन्टिलेटरमा, ९६ जना एचडीयूमा र १५५ जना जेनेरल बेडमा उपचाररत छन् । विगत २४ घण्टामा ३९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























