Breaking News
आज मात्रै कोरोनाबाट १४५ जनाको मृत्यु, ७३६८ संक्रमित थपिए
०
काठमाडौं, जेठ २ –
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























