चितवन विशेष

प्रदेश मन्त्री लामाद्वारा भण्डारामा आइसोलेसन सेन्टरको निरीक्षण, सहयोगको प्रतिबद्धता

Banner

चितवन, जेठ १-

वाग्मती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले राप्ती नगरपालिकाको भण्डारामा बनेको आइसोलेसन केन्द्रको निरीक्षण गरेका छन् ।

मन्त्री लामाले शुक्रबार अक्सिजनसहितको २० बेड भएको केन्द्रको अवलोकन गर्दै नगरपालिकामा भएको कोरोनाको उपचार र रोकथामको बारेमा स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग जानकारी लिएका हुन् ।
सो अवसरमा राप्ती नगरपालिकाकी नगरप्रमुख प्रभा बराल, प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा मन्त्री लामाले जनताको जीवन रक्षाको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ महामारीको समयमा नागरिकको जीवन रक्षाको लागि कुनै पनि कसर बाँकी राख्नु हुँदैन । म व्यक्तिगतरुपमा र प्रदेश सरकारको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>