Breaking News

चितवनका ९० वर्षीय वृद्धाले जिते कोरोना, उनी भन्छन्: कोरोनालाई खेलाची नसोचौं

Banner

मनिका विश्वकर्मा

चितवन, जेठ १-

आँखीभौं सेता देखिने उनका चाउरिएका हातका छालाहरुमा निला नसाहरु छर्लङ्गै देखिन्छन् । उमेरले ९० कटिसकेका सिताराम डल्लाकोटीको घर पूर्वी चितवनको राप्ती नगरपालिकामा हो । नियमित ज्वरो आउने, खोकी लाग्ने भएपछि सितारामका जेठो छोराले उनलाई भरतपुरको सरकारी अस्पतालमा जँचाउन लगे । डाक्टरको सल्लाह अनुसार सितारामलाई कोरोना परीक्षण गर्न लगाइयो । कपाल पनि सेतै फुलेका सितारामलाई पहिले दमको समस्या थियो । उनलाई देखिएका लक्षणहरु सबै कोरोनाको जस्तै थियो । नभन्दै सितारामलाई कोरोना परिक्षण गराएको पर्सिपल्ट कोरोना पोजेटिभ देखियो ।

आफू संक्रमित भएको कान कम सुन्ने सितारामले पनि थाहा पाए । ‘सुरुमा त मलाई अब कोरोनाले गर्दा मेरो ज्यान जाने भयो भनेर चिन्ता लाग्यो । कसरी लाग्यो कोरोना मलाई, म त घरभित्र नै बसेको छु बाहिर पनि निस्केको छैन भन्ने प्रश्न मनमा आयो’, सितारामले नारायणी अनलाइनसँग कुरा गर्दै भने ।

उनका कान्छा छोरा जापानबाट घर आएको पनि धेरै महिना भएको थिएन । माइला छोरा पनि भारतमा नै काम गर्थे । उनी पनि भारतबाट घर फर्किएको धेरै भएको छैन । पछि कान्छा छोराको परीक्षण गर्दा उनलाई पनि कोरोना देखियो । बिस्तारै सितारामकी श्रीमती दिकुरा डल्लाकोटीलाई पनि कोरोना देखियो । १५ दिनपछि वैशाख २९ गते मात्रै सितारामको पनि कोरोना परीक्षण गराँउदा रिपोर्ट नेगेटिभ आयो ।
कोरोनालाई खेलाची नसम्झन सल्लाह दिँदै सिताराम भन्छन्र्, कोरोना केही होइन भनेर सम्झनु पनि हुदैन । त्यसको मतलब यो होइन कि आत्मबल कमजोर पार्ने । कोरोनालाई जित्न सक्छु भन्ने आत्मबल बलियो हुनुपर्छ । म जस्तो बुढाले त जितँे कोरोना, अरुहरुले पनि जित्छन् ।’
कोरोनाबाट नेपालमा पछिल्लो समय धेरै जनाको मृत्यु भएकोले यसबाट सर्तक रहनुपर्ने सितारामको विचार छ । कोरोना लागेको समय सिताराम आफ्नै घरमा सुरक्षित बसे । घरकै परिवारको हेरचाहमा रहे । सिताराम बिहानको घाम ताप्दै परिवारसँग पुराना गफ सुनाउथे । दिनहुँ उनी तातोपानी, कागती राखेको चिया पिउँथे । घरको एउटा कोठामा छुट्टै सिताराम बस्थे । उनलाई कोठामा नै परिवारका सदस्यले खाना ल्याइ दिन्थे । कोरोना लागेको समय स्वास्थ्य हेरचाहसहित परामर्श दिने व्यक्तिहरुको खाँचो रहने सिताराम बताउँछन् । सितारामका कान्छा छोरालाई भने ज्वरो धेरै नै भएको कारण उनलाई मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ । उनको कोरोना रिपोर्ट भने पोजेटिभ नै आएको छ ।

सितारामका श्रीमती दिकुरा पनि कोरोनाको समय घरमा नै डाक्टरको सल्लाहलाई पालना गरी बसिरहेकी छन् । उनलाई पनि कोरोना भएपछि उनलाई त्यति धेरै डर नलागेको र आफू कोरोनाबाट बच्न सक्ने बताउँछिन् । उनी पनि सितारामले जस्तै स्वास्थ्य मापदण्ड अपनाइरहेकी छन् । कोरोना लागेर मरिन्छ बाचिदैन भन्ने नराम्रा विचारहरु मनबाट हटाउनुपर्ने र औषधि उपचारसँगै व्यक्तिगत हेरचाह गरे पनि छिट्टै निको हुने दिकुरा बताउँछन् । उनी भन्छिन्र्, म भन्दा परिवार धेरै आत्तिने है । म धैरै आत्तिएको छैन । छोराछोरीलाई उल्टै मलाई केही हुँदैन चाँडै निको हुन्छु भन्छु सम्झाउँछु ।’

अहिले त पहिलाभन्दा धेरै फेरिएकी दिकुरा भन्छिन् । खान मन नलाग्ने, पेट पोल्ने, टाउको दुख्ने, शरीर पूरै दुख्ने, वाकवाकी लाग्ने, धेरै थकाई लाग्ने जस्ता लक्षणहरु दिकुरालाई पनि देखिएको थियो । दिकुराको अनुसार कोरोना लागेको समयमा डराउन हुदैँन । कोरोना लागे पनि आफूलाई केही नभएको भन्ने सोचेर बलियो हुनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>