Breaking News
चितवनमा आजदेखि निषेधाज्ञामा थप कडाई, विहानैदेखि चोक–चोकमा चेकजाँच (फोटोफिचर)

चितवन, जेठ १–
चितवनमा आज (शनिबार)देखि निषेधाज्ञा थप कडाई गरिएको छ । आजैदेखि निषेधाज्ञाको अवधि जेठ १३ गतेसम्म लम्ब्याईएपछि निषेधाज्ञा थप कडाई गरिएको हो ।
पहिलो १५ दिनको निषेधाज्ञामा केही खुकुलो गरिएपनि आजबाट भने कडाई गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । आज विहानैदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी चेकजाँचमा खटिएका छन् । चितवन भित्रिने नाका नारायणगढको पुलचोकसंगै वीरेन्द्र क्याम्पस चोक, चौविसकोठीलगायतका चोकहरुमा प्रहरीले चेकजाँचलाई कडाई पारेको छ ।

प्रहरीले अनावश्यक हिडडुल गर्नेहरुको सवारी साधान २४ घण्टा होल्ड गर्न थालेको छ भने जरिवाना समेत तिराउने गरेको छ । त्यस्तै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई साँझ ५ बजेदेखि विहान ६ बजेसम्म रातीको समयमा मात्रै संचालन गर्न दिने निर्णय गरेको छ ।

प्रहरीले केही निर्माण सवारी ढुवानी गर्ने सवारी साधनहरुलाई होल्ड गरेको थियो भने सम्झाई बुझाई पठाएको थियो । चितवनमा अहिले ३ हजार ७५३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।





























