चितवन विशेष

बकुलहर रत्ननगर अस्पताललाई एनआरएनए अफ्रिकाले दियो अक्सिजन

Banner

चितवन, वैशाख ३०–

एनआरएनए अफ्रिकाको मातृभूमीमा अक्सिजन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत पूर्वीचितवनको बकुलहर अस्पताललाई अक्सिजनसहित १० थान सिलिण्डर सहयोग हस्तान्तरण गरिएको छ ।

२ लाख ५० हजार मूल्य बराबरको अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बकुलहर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठलाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गनुभएको हो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख वनले जनस्तरबाट प्राप्त सहयोगले यो अस्पताल संचालनमा ठूलो टेवा पुगेको बताउनुभयो । प्रदेश स्तरीय अस्पताल भएपनि जनशक्ति र उपकरणहरुको अभावले लक्ष्य अनुसार अस्पताल संचालन गर्न कठिनाई भइरहेको जानकारी दिनुभयो । अस्पतालका लागि पीसीआर मेसिनसहित अन्य आवश्यक उपकरण र जनशक्ति माग गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले विदेशमा बसेर पनि मातृभूमीका लागि संकलन गरिएको पैसाले बकुलहर अस्पताललाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । पूर्वीचितवनका ३ लाख जनतालाई अस्पतालले प्रत्यक्ष सेवा दिँदै आएको छ । ८४ वटा बेड भएको अस्पतालले निकटमै कोभिडका बिरामीको उपचार गर्ने तयारी गर्दैछ । अस्पतालका निर्वतमान अध्यक्ष श्रेष्ठले अस्पतालमा अझै अक्सिजन सहितको सिलिण्डर अभाव रहेको बताउनुभयो । ८४ बेड भएको अस्पतालमा प्रति बेड एउटा सिलिण्डर दिएपनि ८४ वटा आवश्यक पर्ने उहाँको भनाई छ ।

आज सहयोग प्राप्त सिलिण्डर सहित २७ वटा सिलिण्डरको जोहो भएको छ । ‘अझै जोहो गर्न बाँकी छ’– उहाँले भन्नुभयो । हस्तान्तरण कार्यक्रममा अस्पतालका राजेन्द्र कुँवर, प्रमिला पोखरेल, सुरेश श्रेष्ठ, एनआरएनए सिसेल्सका सदस्य विवेक लामा, सुरज खत्री, पत्रकार सन्तकुमार चौधरी, शिशिर सिंखण्डालगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>