चितवन विशेष
चितवन ग्रीन लियो क्लवको अध्यक्षमा सुर्वण खरेल

चितवन, वैशाख ३०–
चितवन ग्रीन लियो क्लवको अध्यक्षमा सुर्वण खरेल चयन भएका छन् । क्लवको विहीबार भर्चुअल माध्यमबाट भएको छैठौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट खरेलको नेृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।
क्लवको प्रथम उपाध्यक्षमा हरि पौडेल, द्धितिय उपाध्यक्षमा पर्वत राना, तृतीय उपाध्यक्षमा रुपा गुरुङ, सचिवमा सुजन पौडेल र कोषाध्यक्षमा पुजन सुवेदी चयन भएको लियोका पूर्व अध्यक्ष एवंम निर्वाचन अधिकृत सन्देश भण्डारीले जानकारी दिए ।
यस्तै क्लवको डाइरेक्टरमा गौरव रिमाल, निश्चल चापागाई चयन भएका छन् ।
जुम एप मार्फत भएको वार्षिक साधारणसभामा लायन इन्जिनियर सुमन कोइराला प्रमुख अतिथि रहेको कार्यक्रममा, लियो डिष्टिक्ट ३२५ बी टु नेपालका डिष्ट्रिक्ट लियो एडभाइजर देवेन्द्रराज रेग्मी चितवन ग्रीन लियो क्लवका संस्थापक अध्यक्ष रोशन पौडेल, पूर्व अध्यक्ष दीपक ढुंगाना, पुरस्कार कोइराला, विजय लामिछाने र लायन्सका पूर्व अध्यक्ष दीपक भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
























