Breaking News

चितवनमा वाणिज्य बैंकहरु हप्ताको तीन दिन मात्रै खुल्ने, सहकारी संस्था पूर्णरुपमा बन्द

Banner

चितवन, वैशाख ३०–

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा अवधिमा वित्तिय संस्थामा समेत थप कडाइ गर्ने निर्णय गरेको छ ।

डिसिसिएमको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ गतेसम्म थप गरेको निषेधाज्ञा अवधिमा वाणिज्य बैंकहरुलाई मात्रै संचालन गर्न दिने निर्णय गरेको छ । वाणिज्य बैंकहरु सातामा तीन दिन मात्रै खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

‘केन्द्रीय सर्कुलर अनुसार नै सहकारीलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन आएको छ, वाणिज्य बैंकहरु मात्रै केही दिन खोल्न पाउने निर्णय गरेका छौं’–प्रजिअ लामिछानोले भने ।

जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गराई वाणिज्य बैंकहरुलाई साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा दिन पाउने छन् । त्यसका लागि बैंकहरुले न्यूनतम कर्मचारी मात्रै खटाउन पाउने छन् । अन्य दिन बैंक पूर्ण रुपमा बन्द हुने छ । पहिलो चरणको निषेधाज्ञाको अवधिमा बैंकहरुमा निकै भिडभाड हुने गरेको गुनासो बढेको थियो । पहिलो चरणको निषेधाज्ञाको अवधि भोलि (शनिबार) सकिदैछ । सोही अनुरुप जिल्ला प्रशासनले जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>