खैरहनी

प्रतिबन्धित लागुऔषधसहित चितवनको खैरहनीबाट एक युवा पक्राउ

Banner

चितवन, वैशाख २९-

प्रहरीले चितवनको खैरहनी नगरपालिका–४ बाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मंगलबार राति ११ बजे खैरहनी नगरपालिका–४ गैडाआहालबाट मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका–८ न्युरेनी बस्ने बर्ष २५ को विनोद चेपाङ रहेको प्रहरीले जनाएको छ । शंका लागि चेकजाँच गर्दा चेपाङको साथमा प्रहरीले प्रतिबन्धित लागुऔषध डाईजापाम ३१ एम्पुल, ब्युप्रिनर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुल जम्मा ९३ थान फेला पारेको जनाएको छ । निजलाई पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>