चितवन विशेष

रत्ननगरका मेयर वन औषधि बाड्न कोरोना संक्रमितका घरघरमा

Banner

चितवन, वैशाख २९-

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई भेटगरी औैषधि र हौसला प्रदान गर्न सुरु गरेका छन् ।

मेयर वनले घरघरमा पुगेर संक्रमितलाई रोगप्रतिरोधात्मक औषधि र आत्मबल बढाउन हौसला प्रदान गर्ने कामको थालनी गरेका हुन् । मंगलबार वडा नं १० बाट सुरु संक्रमितलाई भेट्ने र औषधि वितरण गर्ने काम सुरु गरिएको हो । मेयर वनले पहिलो दिन वडा नं १० र १ मा होम आइसोलेशनमा रहेका संक्रमितलाई भेट गरी औषधि बितरण गर्नुका साथै हौसला प्रदान गरेका हुन् ।

स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधिसहित घरघरमै पुगेका मेयर वनले संक्रमित बिरामीलाई नियमित औषधि सेवन गर्न र समस्या भए तुरुन्त आफूलाई जानकारी गराउन समेत सुचित गरेका छन् । टोलीमा मेयर वनसहित नगरस्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक केशव आचार्य, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, सहसंयोजक नरहरि श्याम शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य देवेन्द्रकुमार यादबलगायतको टोली संक्रमितको घरघरमै पुगेर औषधि वितरण गरेको हो ।

टोलीले संक्रमितको अवस्था बुझ्ने, हौसला प्रदान गर्ने काम गरेको वडा अध्यक्षसमेत रहेका समितिका संयोजक आचार्यले बताए । होम आइसोलेसनमा बसेका संक्रमितलाई औषधिसहित हौसला आवश्यक पर्छ मेयर वनले भने स्थानीय सरकारको अनुभूति दिलाउने र संक्रमितलाई अभिभावकत्व प्रदान गर्न घरघरमै पुगेका हौं ।

सो नगरपालिकाले संक्रमितको अबस्था बुझ्न १६ वटै वडामा एक एक जना स्वास्थ्यकर्मी तोकेको छ । संक्रमित आफैले स्वास्थ्यकर्मीलाई फोन गरेर समस्या राख्न सक्ने छन् । त्यसका अलवा सो नगरपालिकाले दैनिक जसो होम आइसोलेसनमा रहेका संक्रमितलाई फोन गरेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाइएको मेयर नारायण वनले जानकारी दिए । रत्ननगरमा अहिलेसम्म २०२ जना होम आइसोलेशनमा, २१ जना हस्पिटलमा उपचाररत छन् । कोरोना संक्रमणका कारण रत्ननगरमा पाँच जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>