Breaking News

चितवनमा थपिएका कोरोना संक्रमितमध्ये भरतपुरका झण्डै ९० प्रतिशत, आज एकै दिन २३१ संक्रमित

Banner

चितवन, वैशाख २९-

चितवनमा निषेधाज्ञालगाएको १३ दिन बित्दा पनि कोरोना संक्रमण दर घट्न सकेको छैन ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकमा आज एकै दिन चितवनमा थप २३१ जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा १९९, खैरहनी नगरपालिकामा ७, माडीमा ६, रत्ननगरमा ११, राप्तीमा ५, कालिकामा २ र इच्छाकामना गाउँपालिकामा १ जना रहेका छन् । हरेक दिन थपिएका संक्रमितमध्ये झण्डै ९० प्रतिशत संक्रमित भरतपुर महानगरपालिका कै छन् ।
योसँगै चितवनमा कोरोना संक्रमितको संख्या १० हजार ४३२ पुगेको छ । आजसम्म कोरोनाबाट १५१ जनाले ज्यान गुमाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>