चितवन विशेष
भरतपुरको प्राईम कमर्सियल बैँकमा आगलागी
०

चितवन, वैशाख २७–
चितवनको भरतपुर–१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैँकमा आज (सोमबार) अपरान्ह आगलागी भएको छ ।
बिजुली तार सर्ट भई आगलागि भएको चितवन प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेनाको कालीबहादुर गण र भरतपुर महानगरपालिकाको दम्कलको सहायतामा साँझ ६ः१५ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको लिएको थियो ।
आगलागीबाट बैंकको काउन्टरमा रहेको कम्पयुटर, प्रिन्टर, फर्निचर लगायतका सामानहरु पूर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























