अर्थ

तोकिएको मापदण्डमा एक ग्राम पनि तौल कम गरेका छैनौं : नेपाल वेलहोप एग्रीटेक

Banner

चितवन, बैशाख २६

तोकिएको मापदण्डमा एक ग्राम पनि तौल कम गरेरे दाना नबेचिएको नेपाल वेलहोप एग्रीटेकले जनाएको छ ।
आज सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले विभिन्न सञ्चारमाध्यममा तौल कम गरी बिक्री गरेको भन्ने समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कम्पनीले स्थापना कालदेखि आजसम्म गुणस्तरीय दाना तोकिएको मापदण्ड बमोजिम एक ग्राममात्रै पनि कम नगरी कृषककहाँ सरल र सहज ढंगले आपूर्ति गर्दै आएको छ । अकस्मात तौल कम भएको भन्ने निराधार समाचार प्रशारण भएकोमा हामी अत्यन्त दुखी छौं’ विज्ञप्तिमा भनिएको छ ।

मेशिनद्वारा प्याकिङ्ग हुँदा पूरा ५० किलो हुने, फेरि धर्म काँटामा जोखिने र ठिक तौल प्रमाणित भएपश्चात मात्रै डेलिभरी हुने प्रक्रिया अवलम्वन गरिने हुँदा तौलमा घटबढ हुन नसक्ने कम्पनीको भनाइ छ ।

‘बाहिर कुनै व्यक्तिले कम्पनीको प्रतिष्ठामा नकरात्मक असर पार्ने उद्देश्यले बोरामा कुनै किसिमको कैफियत गरी गलत काम गरेकाले उक्त कामको कामको घोर भत्र्सना गर्दछौं’ विज्ञप्तिमा लेखिएको छ ।

कम्पनीले इमान्दारीपूर्वक व्यावसायिक धर्मको पालना गरेको भन्दै आवश्यक ठानिए परीक्षण गर्न जिम्मेवार निकायलाई कम्पनीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>