Breaking News

राप्तीका उपमेयर लामाको प्रशंसनीय काम, आफ्नो गाडी दीर्घरोगीलाई अस्पताल लैजान प्रयोग

Banner

ध्रुवराज खनाल 

चितवन, वैशाख २६

कोरोना भाईरस संक्रमण वढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण अहिले दीर्घरोगीहरु समस्यामा परेका छन् ।

नियमित अस्पताल जानु पर्ने त्यस्ता बिरामी सवारी सञ्चालन नहुँदा समस्यामा परेका हुन् । यस्तै समस्यामा परेकाहरुलाई मध्यनजर गर्दै चितवनको राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले आफूले चढ्दै आएको गाडी प्रयोगमा ल्याएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणमा नगरपालिकाले गरेका प्रयासका विषयमा आज आइतबार पत्रकारहरुलाई जानकारी दिदै उपमेयर लामाले नगर भित्रका दीर्घ रोगीका लागि अस्पतालसम्म पुग्न र फर्कनका लागि आफूले चढ्दै आएको नगरपालिकाको गाडी प्रयोगमा ल्याएको बताए ।

निषेधाज्ञा जारी भएपछि वैशाख १८ गतेदेखिनै आफूले त्यस्ता बिरामीहरुलाई आवतजावतमा सहजताका लागि गाडी प्रयोग गरिएको उनले बताए । अघिल्लो वर्ष पनि कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनमा उपमेयर लामा आफैले ११७ जना दीर्घरोगीलाई अस्पताल पुर्याउने र घरसम्म ल्याउने व्यवस्था मिलाएका थिए । यस वर्ष पनि त्यस्ता बिरामीबाट दैनिक रुपमा फोन आइरहेकाले आफूले सो सुविधा दिएको उपमेयर लामाले जानकारी दिए । दीर्घ रोगीका पीडा झन दर्दनाक छ उपमेयर लामाले भने, ‘एम्बुलेन्स हत्तपत्त जान मान्दैनन्,उनीमा आर्थिक मानसिक समस्या पर्न सक्छ, यो समस्यामा मानवीय सेवाले सानो भए पनि सुविधा दिएका हौ ।’ नगर भित्र १६० भन्दा बढी दीर्घरोगीहरु सम्र्पकमा आएकाले उनीहरुलाई आवश्यकता अनुसार तालिका बनाएर अस्पताल लैजाने व्यवस्था मिलाइएको उनले वताए । धेरै जसो क्यान्सर र मृर्गौलाका बिरामी रहेका छन् ।

उपमेयर लामाले राप्तीमा कोरोना भाइरस नियन्त्रणका लागि २० बेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाइएको ,सचेतनामूलक प्रचारप्रसार गरिएको, पोजेटिभहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको, एन्टिजेन निःशुल्क गरिएको, होम आइसोलेसनमा बसेकाहरुलाई नियमित रुपमा चिकित्सकले परामर्श दिने गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>