Breaking News

चितवनका बैंकमा लाग्न थाल्यो भिड, कोरोना फैलने जोखिम

Banner

चितवन, बैशाख २५
चितवनका बैंकहरुमा भिड लाग्न थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तीव्र रुपमा फैलँदै गएपछि चितवनमा निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १५ देखि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै व्यावसाय तथा सवारी बन्द गरिएको छ । बंैक तथा वित्तीय संस्थाहरु खुल्न दिइएको छ भने खाद्यान्न पसलहरु बिहान ९ बजेसम्म खुलेका छन् । बैंकहरुलाई एउटामात्र शाखा खोलेर र निश्चित स्वास्थ्य मापदण्ड अपनाएर दुई बजेसम्ममात्र सञ्चालन गर्न भनिएको छ ।

सबै तिर ठप्प हुँदा बैंकमा भने मानिसको भिड बढ्न थालेको छ । त्यस्तै बंैक जाने बाहनामा मानिसहरुले निषेधाज्ञाको अवज्ञा गर्ने गरेका छन् । सुरक्षाकर्मीलाई बैंकमा सेवा लिन जानेहरुको पहिचान गर्नै हम्मेहम्मे परेको छ । यस्तै बैंक जाने बाहनामा सडकमा दुई पाङ्ग्रे सवारीहरुको चाँप बढ्न थालेको छ । जसले गर्दा निषेधाज्ञा अवज्ञा गर्नेहरु पनि बढेका छन् ।

कोरोना भाइरस तीव्र रुपमा फैलिएर चितवनका अस्पतालमा शय्याहरु भरिन थालिसकेका छन् । यस्तो अवस्थमा बैंकमा भिड बढ्दा कोरोना जोखिम झन् फैलने डर थपिएको छ ।

ग्लोबल बैंक नारायणगढ शाखा प्रबन्धक नारायण पौडेलले एउटामात्र शाखा खोल्नुपर्दा भिड बढेको बताए । ‘महानगरमा हाम्रा ६ वटा शाखा छन् । प्रशासनले एउटामात्र खोल्न भनेको छ । ग्राहक धेरै भएका कारण भिड थाम्न सक्ने अवस्था छैन’ उनले भने । उनले कम्तिममा दुई वटा शाखा सञ्चालन गर्ने अनुमति दिए भिड कम हुने दाबी गरे । उनले भिड बढेका कारण टोकन प्रणालीमार्फत काम गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>