अर्थ
साताको पहिलो दिन आज बढ्यो सुनको मूल्य, के कतिमा हुँदैछ कारोबार
०

चितवन,वैशाख २६ –
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला १०० रुपैयाँले सुनको भाउ बढेको हो ।
त्यस्तै आज चाँदी १ हजार ३४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























