Breaking News

५ कठ्ठामा चितवनका युवाले लगाएको लौका खेती अज्ञात समुहले काटिदिए

Banner

मनिका विश्वकर्मा

भरतपुर, वैशाख २६ –

चितवनमा युवाहरुले लगाएको लौका खेती अज्ञात समुहले नष्ट गरिदिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ अमृतनगरमा युवाहरुले लगाएको लौका खेती शुक्रबार अज्ञात समुहले नष्ट गरिदिएको हो ।

अमृतनगरमा १८ जना युवाहरु मिलेर तरकारी खेती गर्दै आएका छन् । भरतपुर युवा आधुनिक सामुहिक ब्लग ३ को १० कट्ठामा लगाईएको लौका खेती मध्ये शुक्रबार राती अज्ञात समुहले करिब ५ कट्ठामा लगाईएको लौका क्षति गरेका हुन । समुहका अध्यक्ष लेखनाथ भुषालका अनुसार अज्ञात समुहले करिब १०० बोटका लौका काटिदिएका छन् । चक्कुले लौकाका बोट काटिदिएको हुन सक्ने भुषालले बताए । शनिबार बिहान लौकाका बोटहरु काटिदिएको अवस्थामा देखिएको उनले बताए । कसले काट्यो, किन काट्यो भन्ने कुरा थाहा नभएको भुषालको भनाई छ ।

युवाहरुले दुई वर्षदेखी १ सय १० बिघामा तरकारी खेति गर्दै आएका छन् । बैंकबाट ७ करोड ऋण लिएर युवाहरुले तरकारी व्यवसायमा लगानी गरेको भुषालले नारायणी अनलाइनलाई जानकारी दिए । वडा प्रहरी कार्यालय अमृतनगरले पनि लौकाका बोट काट्ने अज्ञात समुहको खोजीकार्य गरिरहेको जनाएको छ । हालसम्म कसले काटिदिएको भन्ने कुराको भने जानकारी नभएको र अनुसन्धानको क्रममा रहेको प्रहरीले बताएको छ ।युवाहरुले लौकासहित विभिन्न प्रकारका तरकारीहरु घिरौला, चिचिन्ना, करेला, बोडी, भेन्टा जस्ता तरकारीको खेती गरेका छन् । निषेधाज्ञाको समयमा यसरी मेहेनत गराएर लगाएको तरकारी काटिदिनु धेरै ठुलो अपराध भएको अध्यक्ष भुषालले गुनासो गरे । लौकाखेती मासिदिने अपराधिलाई कडा कारबाही गर्न भुषालले माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>