Breaking News

चितवनमा अक्सिजन अभावको सम्भावना बढ्यो, उद्योग संघद्वारा अक्सिजन सिलिण्डर जम्मा गरिँदै

०
Banner

चितवन, वैशाख २५

उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ ।

कोभिड संक्रमण बढेसँगै सँगै चितवनका अस्पतालमा सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो ।

संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीबारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो । उनले भने, ‘धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । सबैसँग हामीले सहयोगका लागि अनुरोध गरेका छौँ ।’

जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० भन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।

संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसंघको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उनका अनुसार सिलिण्डर संकलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ ।

अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उहाँले जानकारी दिए । पौडेलले भने, ‘हामी यो मानवीय कार्यमा सक्दो सहयोग गर्छौ’ कोरोनाको पहिलो लहरमा संघले अस्थायी अस्पताल स्थापनाका लागि प्रदर्शनी हल उपलब्ध गराएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>