Breaking News

चितवनमा एकैदिन आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित, थप ३९२ जनामा संक्रमण

Banner

चितवन, वैशाख २५-

चितवनमा आज अहिलेसम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइसोलेसनमा रहेका छन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>