Breaking News

भरतपुर अस्पतालमा मध्यविन्दुका कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, वैशाख २४–

चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचारर नवलपरासी (सुस्ता पूर्व) मध्यविन्दु नगरपालिका–१२ का ७० वर्षीय पुरुषको आज (शुक्रबार) विहान ६ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.युवानिधि बसौलालले नारायणी अनलाइनलाई जानकारी दिए ।

ती पुरुषलाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था जटिल बनेपछि उनलाई हिजोदेखि आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार थालिएको थियो । ती पुरुष मधुमेहका बिरामी समेत थिए । यसअघि सो अस्पतालमा हिजो एक जना संक्रमितको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>