Breaking News

चितवनका थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, वैशाख २४–

चितवनका थप ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ८६ जनासहित ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ७२ जना रहेका छन् । जसमध्ये ३८ जना पुरुष र ३४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ९० वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र कालिका नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>