Breaking News

भरतपुर अस्पतालमा रुपन्देहीका कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, वैशाख २३–

चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड आइसीयूमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–४ का ३४ वर्षीय पुरुषको आज अपरान्ह ५ः२० बजेको समयमा मृत्यु भएमो अस्पतालकी मेडिकल अधिकृत डा.शर्मिला लामिछानेले जानकारी दिइन् ।

बुधबार अपरान्ह ५ बजे भरतपुर अस्पतालमा भर्ना भएका ती पुरुषलाई वैशाख १९ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>