खैरहनी

उद्योग वाणिज्य संघद्वारा खैरहनी नगरपालिकालाई २० थान अक्सिजन सिलिण्डर सहयोग

Banner

चितवन, वैशाख २३-

उद्योग वाणिज्य संघ खैरहनीले खैरहनी नगरपालिकालाई बिहीबार अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

कोरोना संक्रमणबाट हुन सक्ने मानवीय क्षती न्यूनीकरणका लागि संघले २० थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

अक्सिजन सिलिण्डर अभाव भएपछि संघले आफ्ना उद्योगी तथा व्यवसायीहरुबाट ती सिलिण्डर संकलन गरेको थियो । संघका पदाधिकारी तथा सदस्यहरु सिलिण्डर हस्तान्तरणका लागि नगरपालिका पुगेका थिए ।

संघका अध्यक्ष दिपेन श्रेष्ठले अक्सिजन हस्तान्तरणको पत्र नगरपालिका प्रमुख लालमणि चौधरीलाई हस्तान्तरण गरेका थिए । संघका अध्यक्ष श्रेष्ठले विपद्को समयमा स्थानीय सरकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नगर प्रमुख लालमणि चौधरीले विपद्सँग जुध्न सबैको साथ चाहिने भन्दै संघले गरेको मानवीय सेवा प्रति धन्यवाद दिए । नगरवासी सबै एक जुट हुन सके जस्तो सुकै विपद् तथा समस्याको पनि सामना गर्न सकिने प्रमुख चौधरीले बताए । नगरपालिकाले कोरोना संक्रमण तथा रोकथामका लागि अहिले २४ बेडको आइसोलेसन तयार गरेको छ । चैनपुर स्वास्थ्य चौकीमा १५ बेड र खैरहनी ९ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा ९ वेडको आइसोलेसन बनाइएको हो । चैनपुर स्वास्थ्य चौकीमा पहिले संक्रमितहरु राखिने भएकाले त्यहाँ अक्सिजनको समेत व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य संघ खैरहनीले बिहीबारनै इलाका प्रहरी कार्यालय खैरहनीलाई स्वास्थ्य सामाग्रीसहितका सामान सहयोग गरेको छ । संघले एक हजार थान मास्क, १० कार्टुन चाउचाउ, ३० कार्टुन पानी र एक कार्टुन स्याउ सहयोग गरेको संघका महासचिव केदार बर्तौलाले जानकारी दिए । संघका प्रथम उपाध्यक्ष कुमार खनालले यो विषम परिस्थितीमा आइपर्ने समस्यामा संघले आवश्यक सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>