Breaking News
भरतपुरमा आईसीयू र भेन्टिलेटरमा ७० जना कोरोना संक्रमितको उपचार हुँदै, आज ३१ जना अस्पताल भर्ना

चितवन, वैशाख २३-
भरतपुरमा आज ७० जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मेडिकल सिटी भनेर चिनिएको भरतपुरका तीन ठूला अस्पतालले मात्र कोरोना संक्रमितको उपचार गरिरहेका छन् । भरतपुर अस्पतालमा ९ जना बिरामी, चितवन मेडिकल कलेजमा २५ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा २५ जना बिरामी आईसीयूमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा चितवन मेडिकल कलेजमा ९ जना र पुरानो मेडिकल कलेजमा २ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आज एकै दिन भरतपुरको तीन ठूला अस्पतालको आईसीयुमा ८ जना र भेन्टिलेटरमा १ जना थपिएका छन् । बुधबार आईसीयू र भेन्टिलेटरमा ६१ जना बिरामी रहेकोमा आज ७० जना पुगेका छन् । बुधबार तीन अस्पतालमा कोरोनाका बिरामी २२१ जना रहेकोमा आज ३१ जनाले संख्या बढेर २५२ पुगेको छ । अहिले गम्भीर बिरामी नभइकन कोरोना संक्रमित अस्पताल नजाने भएकोले बिरामीको बढ्दो संख्याले चितवनमा कोरोना संक्रमण भयावह बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।
फाइल फोटो
























