Breaking News

सभापति देउवा भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठमा

Banner

चितवन,वैशाख २२-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको छ।

‘प्रधानमन्त्री ज्यू केहीबेर अगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेललगाय प्रधानमन्त्री ओलीसँगै बुढानिलकण्ठमा छन्।प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ।

मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>