Breaking News

चितवनमा आज एकै दिन २५५ जनामा कोरोना संक्रमण, भरतपुरमा मात्र २१५ संक्रमित थपिए

Banner

चितवन, वैशाख २२-

चितवनमा आज एकै दिन २५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयल चितवनले आज जनाए अनुसार पछिल्लो २४ घण्टामा सो संक्रमण देखिएको हो । कार्यालयका अनुसार संक्रमित मध्ये भरतपुर महानगरका २१५ जना छन् भने रत्ननगरका १७ जना रहेका छन् । त्यसैगरी खैरहनीमा १० जना, माडीमा ३ जना, राप्तीमा ३ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा अहिलेसम्म जम्मा संक्रमितको संख्या आठ हजार ७०० पुगेको छ । आजसम्म कोरोना संक्रमणबाट १२४ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>