Breaking News
चितवनमा कोरोना संक्रमण झण्डै दुई गुना बढ्यो, एकैदिन २३३ जनामा कोरोना संक्रमण
०

चितवन, वैशाख २१-
चितवनमा कोरोना संक्रमण दिनप्रतिदिन दुई गुनाले वृद्धि हुँदै गएको छ ।
हिजो सोमबार १६६ जनामा देखिएको संक्रमण आज झण्डै दोब्बर थप २३३ जनामा देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमित २३३ जना मध्ये १८८ जना भरतपुर महानगरपालिकाका रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्तीमा ३ जना र कालिका नगरपालिकामा थप ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।
योसँगै चितवनमा संक्रमितको संख्या आठ हजार ४४५ जना पुगेको छ जसमध्ये १२१ जनाले कारोना संक्रमणको कारणले ज्यान गुमाएका छन् । घरमा आइसोलेसनमा एक हजार ३१५ जना छन् भने अस्पतालको आइसोलेसनमा ८९ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























