चितवन विशेष

त्रिशुलीमा पौडी खेल्नेक्रममा सिन्धुलीका युवकको मृत्यु

Banner

चितवन, वैशाख २०–

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीय सन्तोष भन्ने चाम बहादुर सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रामनगरस्थित पुजा होटलमा काम गर्दै आइरहेका युवक वैशाख १७ गते त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आज (सोमबार) दिउँसो १२ः१० बजेको समयमा पौडी खेलेको स्थानबाट ६ सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय र होटल संचालकको रोहबमा शवको सनाखत गरी पोष्टमार्टमका लागि शवलाई भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>