Breaking News

चितवनमा १८ करोड लगानीमा सामुदायिक माछा दाना उद्योग सञ्चालनमा, माछामा आत्मनिर्भर बन्ने लक्ष्य

Banner

विजय चौधरी

चितवन, वैशाख २०-

चितवनको रत्ननगर नगरपालिका–१६ को रायमाझी टोलमा १८ करोडको लगानीमा सामुदायिक माछा दाना उद्योग सञ्चालनमा आएको छ ।
चितवनमा फस्टाउँदै गएको माछापालनको लागि अपरिहार्य दानाको उत्पादनको निमित्त सो उद्योग सञ्चालनमा आएको हो ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय कार्यसमिती र रत्ननगर उद्योग वाणिज्य संघको पहलमा, नेपाल सरकारको सहयोगमा ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तरगत सञ्चालनमा ल्याइएको छ । मत्स्य व्यवसायिक किसानलाई आर्थिकरुपमा सम्पन्न बनाउँदै नेपाल सरकारको उद्देश्यअनुरुप नेपाललाई नै मत्स्य जन्य वस्तुमा आत्मनिर्भर बनाउनका लागि सामुदायिक माछा दाना उद्योग निमार्ण गरिएको उद्योगका प्रबन्धक निर्देशक तथा नेपाल मत्स्य व्यवसाय संघ चितवनका निवर्तमान अध्यक्ष रमेश पाण्डेले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले भने, ‘नेपाललाई माछामा आत्मनिर्भर बनाई अन्य मुलुकबाट आयातित माछालगायत दानाहरु त्रमिकरुपमा कम गराउदै लैजाने उद्देश्यले यो सामुदायिक माछा दाना उद्योग निमार्ण गरिएको हो । ’ उनले हिजोको दिनमा ६५ देखि ७५ रुपैयाँसम्ममा इण्डियन दाना किनेर माछालाई खुवाइ रहेका किसानहरुले यो दाना ५० देखि ५५ रुपैयाँ सम्म उपलब्ध गराएको बताए । उनले भने, ‘ दाना उद्योगको उत्पादक पनि आफै र प्रयोगकर्ता पनि आफै , लगानी कर्ता पनि आफै र उद्योगबाट आएको मुनाफा पनि आफैलाई । मालिक पनि आफै किसान पनि आफै नै हुन् ।’

नेपाल सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रमअन्र्तगत नेपाल सरकारबाट दुई करोड रुपैयाँ सहयोग प्राप्त ग¥यो र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको ५३ जना मत्स्य किसानहरुको आठ करोड रुपैयाँ शेयरमा यो चितवन सामुदायिक माछा दाना उद्योगको निमार्ण गरिएको हो । सरकारको दुई करोड सहयोगसहित अहिले सम्म १८ करोड लगानी भै सकेको छ । दाना उत्पादनलाई अझ व्यवस्थित ढंगबाट सञ्चालन गर्न उद्योगलाई अझै करिब सात करोड रुपैयाँ लागतको आवश्यक छ । एक हप्ताको लागि करिब ८० लाख रुपैयाँ बराबरको कच्चा पदार्थको आवश्यक पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>