Breaking News

भरतपुरसहित देशभर कोरोना संक्रमण दुई गुणा बढी, समुदायमा धेरै बढी संक्रमित हुन सक्ने अनुमान

Banner

काडमाडौं, वैशाख १९-

नेपालमा कोभिड–१९ को संक्रमण पछिल्लो साता १३६.८ प्रतिशतले बढेको छ । यो गत साताको तुलनामा दुई गुणाले बढी हो ।

भरतपुरसहित देशका सबै प्रमुख शहरमा संक्रमण दर निरन्तर बढिरहेको छ । संक्रमण दर लुम्बिनी प्रदेशमा सबैभन्दा बढी छ । लुम्बिनीमा अहिले संक्रमण फैलिने दर २३३ प्रतिशत रहेको छ । परीक्षणको दरबाट आएको नतिजा टेस्ट पोजिटिभिटीका आधारमा समुदायमा अहिले देखिएभन्दा धेरै गुणा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका जनस्वास्थ्य निर्देशक डा. विराज कमाचार्यले भने, ‘परीक्षण दर र संक्रमितको संख्या हेर्दा परीक्षणको दायरामा नआएर समुदायभित्रै रहेकाहरुमा योभन्दा धेरै गुणा संक्रमण भइसकेको हुन सक्ने आँकलन गर्न सकिन्छ ।’

त्यस्तै, पछिल्लो एक महिनामा टेस्ट पोजेटिभिटी दर अत्यधिक बढेको पनि कर्माचार्यले बताए । टेस्ट पोजेटिभिटी ५ प्रतिशतभन्दा कम हुनपर्नेमा गएको एक महिनामा अत्यधिक बढेकाले विशेष सावधानी अपनाउनुपर्नेमा डा. कर्माचार्यले जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>