Breaking News
चितवनमा थप ७८ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या आठ हजार नाघ्यो
०

चितवन, वैशाख १९-
चितवनमा विगत २४ घण्टामा थप ७८ जनालाई कोरोना संक्रमण देखिएको छ ।
यो सँगै चितवनमा जम्मा संक्रमितको संख्या आठ हजार नाघेको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा संक्रमितको संख्या आठ हजार ४६ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ८८ जना छन् भने घरमा नै आइसोलेसनमा ९८२ जना रहेका छन् ।
जनस्वास्थ्य कार्यालयका अनुसार थपिएका ७८ संक्रमित मध्ये ६८ जना भरतपुर महानगरपालिकाका छन् भने खैरहनीका ७, राप्तीका २ जना र माडीका १जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























