समाचार

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको भयो सफल शल्यक्रिया

Banner

काठमाडौं, वैशाख १७ –

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सकिएको छ ।

भट्टराईको पेटमा रहेको न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो। भट्टराईको पत्नी हिसिला यामीले सामाजिक संजाल मार्फत सफल शल्यक्रिया भएको जानकारी गराएकी हुन् । साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो। भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो । शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव दिएका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>