Breaking News

कोरोना संक्रमणको अति प्रभावित जिल्लामा चितवन पनि पर्‍यो, सर्तक रहन मन्त्रालयको अपिल

Banner

चितवन, वैशाख १७ –

कोरोना भाईरस संक्रमणको हिसाबले नेपालका अति प्रभावित जिल्लाहरुमा चितवन पनि परेको छ । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुचनामा कोरोनाले अति प्रभावित गरेको २२ जिल्लामध्ये चितवन पनि परेको हो ।

अति प्रभावित जिल्लाहरुमा चितवनसहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, दाङ, बाँके, रुपन्द्रेही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली कंचनपुर परेको छ । मन्त्रालयले यी जिल्लाहरुमा संक्रमणको फैलने दर डरलाग्दो गरी बढीरहेकोले सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल बेड उपलब्ध गराउन नसकिने भई सकेको मन्त्रालयले बताएको छ । संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनको लागि मन्त्रालयले अनुरोध गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>