Breaking News

चितवनमा निषेधाज्ञाः बजार र यातायात ठप्प, चोक-चोकमा प्रहरी

Banner

चितवन,बैशाख १७-

दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न चितवनमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञाको पहिलो दिन आज बजार र यातायात क्षेत्र ठप्प छ। निषेधाज्ञा कार्यान्वयनका लागि बजार क्षेत्र र चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। मालबहाक सवारी साधन, स्वास्थ्य सामग्री बोकेका सवारी साधन, प्रेस, इन्टरनेट, पेट्रोलियम पदार्थ, तरकारी, दुग्धजन्य पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन भइरहेका छन्।

जिल्ला सदरमुकाम भरतपुर र मुख्य बजार नारायणगढमा छिटपुट रुपमा निजी मोटरसाइकल सञ्चालन भएका छन्। नवलपुरबाट चितवन प्रवेश गर्ने सवारी साधनलाई नारायणी पुलमा सशस्त्र प्रहरीले कडाइका साथ चेकजाँच गरेको छ। अत्यावश्यक काम नपरी हिँड्ने लाई पुलबाटै फिर्ता पठाइएको छ। बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आए पनि सेवाग्राही भने त्यहाँसम्म पुग्न सकेका छैनन्। अत्यावश्यक सामग्रीका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोलिएका थिए। बजारको भित्री सडकमा पनि पसल बन्द गरिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>