खैरहनी

खैरहनीमा अक्सिजनसहितको आईसोलेसन सेन्टर बनाईदै

Banner

चितवन, वैशाख १५–

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले अक्सिजनसहितको आईसोलेसन सेन्टर बनाउँदै छ । खैरहनी नगरपालिका–२, स्थित चैनपुर स्वास्थ्य चौकी र वडा नम्वर ९, स्थित आधारभूत स्वास्थ्य केन्द्रको भवनमा आईसोलेसन सेन्टर बनाउने निर्णय गरिएको छ ।

साथै आवश्यक बेडको समेत व्यवस्था गरिएको छ । शुक्रबारसम्म आईसोलेसन तयारी अवस्थामा रहने खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर ( डिसिएमसी) बैठकले पालिकाहरुलाई २० बेड क्षमताको आईसोलेसन बनाउन निर्देशन दिए लगत्तै खैरहनी नगरपालिकाले तयारीलाई अन्तिम चरणमा पुर्‍याएको हो । अपुग रहेको बेड स्थानीय निजी स्वास्थ्य संस्थासंग सहयोग मागिएको छ ।

आईसोलेसनका लागि नगरपालिकाले आफ्नै स्वास्थ्यकर्मीलाई परिचालन गर्ने तयारी गरेको मेयर चौधरीले जानकारी दिए । सामाजिक विकास समितिको बुधबार बसेको बैठकले तत्काल पर्ने विषम परिस्थितीमा सहयोग गर्न निजी संस्थाहरुसंग समन्वय गर्ने, त्यहाँ कार्यरत डाक्टर, स्वास्थ्यकर्मीलाई आवश्यक परेको समयमा सहयोग सघाउने गरि समन्वय र सहजीकरण प्रक्रियालाई अगाडी बढाउने निर्णय गरिएको छ ।

त्यस्तै कोभिडको असरबाट बच्ने, बचाउने खालका स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम आआफ्नो वडामा वडा कार्यालयबाट तत्काल संचालन गर्ने र नगरपालिकाबाट समेत माईकिङको व्यवस्था गरि सचेतना मुलक कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको सामाजिक विकास समितिका सदस्य सचिव नगर शिक्षा अधिकारी राजु बानियाँले बताए ।

संक्रमण देखिएका व्यक्तिहरुलाई संक्रमणको अवस्था हेरी होम क्वारेन्टिन र होम आईसोलेसनमा बस्न प्रोत्साहन गर्ने, कोभिडको सन्र्दभमा भएका दैनिक गतिविधीहरुको रिपोर्ट स्वास्थ्य शाखाले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति समक्ष पेश गर्ने बैठकले निर्णय गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>