चितवन विशेष
चितवनमा मृत बाघको पेटमा अजिङ्गरको अस्थिपञ्जर
०

चितवन,बैशाख १५-
गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पर्सा जिल्लाको निर्मल ठोरी उपभोक्ता समितिअन्तर्गतको रामबुद्ध मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको बाघको पोस्टमार्टम गर्दा पेटमा अजिङ्गरको अस्थिपञ्जर जस्तो बस्तु भेटिएको छ । मृत्युको कारण यकिन गर्न थप परीक्षणका लागि नमुना संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगाशाला काठमाडौं पठाएको निकुञ्जले जनाएको छ ।
बाघ नौ वर्ष जतिको थियो । ‘सरसर्ती हेर्दा प्राकृतिक कारणले नै मृत्यु भएको देखिन्छ । तर अन्य केही कारणहरु पनि हुन सक्ने भएकाले नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पनि पठाएको छ,’ चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने । त्यो बाघ सन् २०१४ मा पहिलो पटक पर्सा निकुञ्जमा क्यामेरा ट्रयापमा परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























