Breaking News

चितवनमा तत्काल लकडाउन वा निषेधाज्ञा हुँदैनः प्रजिअ लामिछाने

Banner

चितवन, वैशाख १३–

चितवनमा तत्कालै लकडाउन वा निषेधाज्ञा नहुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनको सोमबार बसेको बैठकले यसबारे कुनै निर्णय गरेको छैन ।

डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै जिल्लामा लकडाउन वा निषेधाज्ञा नगरिने नारायणी अनलाइनलाई जानकारी दिए । ‘लकडाउन गर्ने अधिकार सरकारलाई छ, हामी तत्काल निषेधाज्ञा गर्दैनौं’ प्रजिअ लामिछानेले भने ‘संक्रमितको संख्या बढ्दै गए निषेधाज्ञा हुन सक्छ ।’

उनका अनुसार भरतपुर महानगरपालिका भित्र सक्रिय संक्रमितको संख्या एक हजार र अन्य नगरपालिकाहरुमा सक्रिय संक्रमितको संख्या दुई बढी देखिएमा निषेधाज्ञा गरिने छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार सोमबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ३९२ पुगेको छ । चितवनमा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ३४६, रत्ननगरमा २२, कालिकामा १०, खैरहनीमा ६, राप्तीमा ५ र माडीमा ३ जना संक्रमित संक्रमित रहेका छन् । इच्छाकामना गाउँपालिका भने अहिलेसम्म शून्य संक्रमित रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>