कर्पोरेट

एनसेलले काठमाडौंको लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै

Banner

काठमाडौं, वैशाख १३-

एनसेल आजियाटा लिमिटेडले काठमाडौं महानगरपालिका–२६ लैनचौरमा खेल मैदानसहित हरित उद्यान निर्माण गर्दैछ ।

एनसेलले पे्रषित गरेको विज्ञप्तिअनुसार यस हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पु¥याउने उदेश्य लिएको छ ।

उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विषेशताहरु रहने छन् । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहकोे एनसेलले जनाएको छ ।

ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खनन्को कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ्, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुने एनसेलले बताएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, ‘सामाजिक आर्थिक विकासमा योगदान पु¥याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरणसम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पु¥याउने छ । सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्याननिर्माणका लागि योगदान पु¥याउन पाएकोमा हामी खुसी छौं ।’

‘यस सहकार्यका लागि हामी एनसेल प्रति आभारी छौं । यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौं । यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पती हुने छ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ’, काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष श्याम तिवारीले भने ।

एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी)अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन)लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।

एनसेलले विभिन्न सामाजिकपहलअन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा १.२७ अर्ब भन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पु¥याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ ।

वातावरण क्षेत्रअन्तर्गत एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ । झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्य लिएको छ ।

यसअघि एनसेलले धनुषा धाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षरोपण गरेको र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धिजनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>