Breaking News
चितवनमा कोरोनाको संक्रमण दुई दिनमै दोब्बर, थप ७८ जनामा कोरोना संक्रमण
०

चितवन, वैशाख १३-
चितवनमा दुई दिनमै कोरोनाको संक्रमण दोब्बर भएको छ ।
शनिबार ४६ जनालाई देखिएको कोरोनाको संक्रमण आइतबार २ जनालाई मात्र देखिएको थियो तर आज पुस यताकै सबैभन्दा बढी ७८ जनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार थपिएका संक्रमितहरुमा ६८ जना भरतपुर महानगरपालिकाभित्रका छन् भने कालिका नगरपालिकाका पाँच जना, रत्ननगरका चार जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।
चितवनमा आजसम्म कोरोना संक्रमितको संख्या सात हजार ३५३ जना पुगेको छ । जसमध्ये ११६ जनाको मृत्यु भएको छ भने अस्पतालको आइसोलेसनमा ३४ जना र घरमै आइसोलेसनमा ३५८ जना रहेका छन् । चितवनमा आजसम्म छ हजार ८४५ जना कोरोना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























